News प्रदेश ७

जेठानकी श्रीमती ज्वाइले भगाए, परिवारमा तनाव

जेठानकी श्रीमती ज्वाइले भगाए, परिवारमा तनाव


कञ्चनपुर । ज्वाइले जेठानकी श्रीमती भगाएपछि कञ्चनपुर प्रहरीमा मुद्दा परेको छ । जिल्लाको भीमदत्त नगरपालिका वार्ड नं. ५ बनगाउँ बस्ने भारतीय नागरिक पन्नीलाल मौर्यले आफ्नी जेठान हरिश दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएर लगेका छन् । 

 

 

मौर्याले उनलाई मायाप्रेममा परेर लगेको वा बेच्नका लागि लगेकोबारे नखुलेको परिवारजनले बताएका छन् । बहिनी ज्वाँईले आफ्नै श्रीमती भगाएपछि जेठान हरिश दमाई हैरान भएका छन् ।

 

 

हरिश आमा रोहिता दमाई, बहिनी ईश्वरी मौर्या (दमाई) सहित उनीहरुलाई खोजबिन र कार्बाहीका लागि शुक्रबार उजुरी गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आएका थिए ।

 

 

पन्नालालकी श्रीमती ईश्वरीले बिहीबार दिउँसो १२ बजेतिर श्रीमान तरकारी ल्याउँछु भन्दै बजार हिँडेको बताइन् । उता भीमदत्त नगरपालिका १० तिलकेनीका हरिस दमाइकी श्रीमती द्रोपति दमाई पनि पेट दुखेको भन्दै जिमुवा अस्पताल आउँछु भन्दै घरदेखि हिँडेका थिइन् ।

कञ्चनपुर प्रहरीमा मुद्दा

विशेष