News मुख्य समाचार समाज

भारतमा लक्षचण्डी महायज्ञको तीव्र रूपमा तयारी हुँदै(फोटो फिचर)

भारतमा लक्षचण्डी महायज्ञको तीव्र रूपमा तयारी हुँदै(फोटो फिचर)

काठमाडौं । भारतको मुम्बईमा हुने भनिएको श्री लक्षचण्डी महायज्ञको तयारी तीव्र रूपमा भइरहेको छ । असोज २४ गतेदेखि कात्तिक १ गतेसम्म हुने उक्त महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित सहभागी हुने भएका छन् । श्री शिव शक्ति राहुलेश्वरानंद फाउन्डेसनको निम्तोमा पूर्वराजा शाह असोज २८ गते महायज्ञस्थल पुग्ने कार्यक्रम तय भएको छ ।

विश्वकै विराट यज्ञको रूपमा लिइएको उक्त महायज्ञमा एक लाख चण्डी पाठ, १ हजारवटा हवनकुण्ड, १ हजार १ सय ब्राम्हणको सहभागीता हुने भएको छ । विश्वशान्ति एवं जनकल्याणका लागि आयोजना हुने यस लक्षचण्डी महायज्ञ घटस्थापनाको दिन शुरू भइ महानवमीमा सम्पन्न हुनेछ । 

उक्त महायज्ञमा भारत र नेपालका मात्रै नभएर विश्वभरका हिन्दु संघसंस्था, राजनीतिक पार्टीहरूले समेत सहभागीता जनाउनेछन् । 

लक्षचण्डी महायज्ञ

विशेष