News प्रदेश ७

बोक्सोको आरोपमा कैलालीमा वृद्धमाथि कुटपिट

बोक्सोको आरोपमा कैलालीमा वृद्धमाथि कुटपिट

धनगढी  । कैलालीको धनगढी उप-महानगरपालिकाको १६ रामपुरमा ७० वर्षीय वृद्ध बोक्सोको आरोपमा कुटिएका छन् । 

 

 

७० बर्षिय वृद्ध जोखन डगौरा थारु असोज २ गते कुटिएका बिहीबार उनका छोरा पदम बहादुर डगौरा थारुले पत्रकार सम्मेलन गर्दै जानकारी गराए । 

 

 

असोज २ गते गाउँ नजिकैको खोलामा राँगालाई पानी खुवाउन गएका जोखनलाई स्थानीय ५० वर्षीय भिक्कु चौधरीले बोक्सोको आरोपमा कृटपिट गरेको पिडीतका छोरा पदमले बताए ।

 

 

घटना भएको दोस्रो दिनमा नै उक्त घटनालाई गाउँमा नै मिलापत्र गर्ने आफूहरुको मनसाय भए पनि  पिडक पदम चौधरीले झटो बयान दिएर उल्टै आफ्नो बुवालाई नै दोषी ठहर्याएकाले जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरिएकोसमेत पिडीतका छोरा पदमले जानकारी दिए । घटनाकोबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ । 

धनगढी जोखन डगौरा थारु

विशेष