News

घूस मागेको आरोपमा नायब सुब्बा पक्राउ

घूस मागेको आरोपमा नायब सुब्बा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वाग्मतीका सवारी चालक अनुमतिपत्र कार्यालयका नायब सुब्बा नवराज पराजुलीलाई पाँच हजार रुपैयाँ घुस लिएको अभियोगमा बिहीबार कार्यालय परिसरबाटै पक्राउ गरेको छ । 

 

 

आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार पराजुलीलाई लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गराइदिने भन्दै परीक्षामा अनुत्तीर्ण भएका एक सेवाग्राहीसँग घुस लिएको अभियोग छ । 

 

 

यस्तै, आयोगले बिहीबार नै काठमाडौं महानगरपालिका टेकुको मिसिल शाखाका कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

 

सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी एक सेवाग्राहीसँग पाँच हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले कार्यालय सहयोगी गिरीलाई पक्राउ गरेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुस यातायात व्यवस्था कार्यालय वाग्मती

विशेष