News प्रदेश ७

 महिलामा आत्मबल बढाउन धनगढीमा पहिलो पटक आत्मरक्षा शिविर 

 महिलामा आत्मबल बढाउन धनगढीमा पहिलो पटक आत्मरक्षा शिविर 

धनगढी । सुदूरपश्चिमका महिला तथा बालिकाहरु यौन हिंसाबाट प्रतिरक्षित हुनको लागि पहिलो पटक आत्मरक्षा सम्बन्धी शिविर सञ्चालन हुने भएको छ ।

 

 

असोज २० गतेदेखि सञ्चालन हुने सो शिविरको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

 

 

देशमा दिनप्रति दिन बढ्दै गएका बलात्कार तथा महिला हिंसाका घटनालाई मध्यनजर गरी महिला तथा बालबालिकालाई सुरक्षित कसरी हुन सकिन्छ भन्ने विषयमा ज्ञान दिनुको साथै उनीहरुको आत्मबल बढाउन शिविर सञ्चालन गर्न लागेको राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको केन्द्रीय महासचिब प्रकाश कुमार चन्दले जानकारी दिए ।

 

 

राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालको आयोजना तथा धनगढी उपमहानगरपालिका, ओरेक नेपाल, कमैया प्रथा उन्मुलन समाज, युवा शान्ति परिषद् र क्रियाशील पत्रकार महिलाको लगायतको संघसंस्थाको समन्वयमा महिला तथा बालिकाको लागि ७ दिने आत्मरक्षा शिविर सञ्चालन हुने भएको हो ।

 

 

तालिम असोज २० देखि २६ गतेसम्म धनगढीस्थित क्षेत्रीय रंगशालामा निःशुल्क शिविर हुने जनाइएको छ । आत्मरक्षा शिविरले दुराचारी पुरुषसँग मुकाबिला गर्न सक्षम बनाउँने चन्दले बताए ।

 

 

पत्रकार सम्मेलनमा महासचिव चन्दले आफ्नो प्रतिरक्षा आफै कसरी गर्न सकिन्छ भन्ने मार्सलआर्ट कला सिकाउने बताए । उनले चाहे जतिसुकै बलवान दुराचारी पुरुष होस्, उससँग मुकाबिला गर्न सिकाउने आत्म विश्वासीदो बनाउन सक्ने बताए ।

 

 

शिविरमा सहभागि हुनेहरुले गृहणी महिला, स्कुले बालिका, महिला सांसद, महिला जनप्रतिधि, पत्रकार महिला र संघसंस्थामा आवद्ध १७ सय जना महिलाहरुले फारम भरेको आयोजकले जनाएको छ । शिविरमा ६ लाख बाराबरको खर्च हुन सक्ने जानकारी आयोजकको दाबी छ ।

 

 

शिविरको अवधिमा किक हान्नेदेखि लिएर उत्प्रेरक प्रशिक्षण समेत दिने जानकारी दिए । अभियानमा ५० जना भोलेन्टियरहरु साथमै रहे व्यवस्थाका साथ सञ्चालन हुने सो तालिममा महिला दिदीबहिनीमा रहेको त्रास न्यूनीकरण गरी आत्मबल बढाउनेमा आशावादी रहेको चन्दको भनाई छ ।

 

 

पत्रकार सम्मेलनमा संघ संस्थाको तर्फबाट महिला मानबअधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य निर्मला बाग्चन्दले यो शिबिरले गृहणी महिलादेखि जनप्रतिनिधि महिलाहरुको सहभागिताले उत्साहित भएको बताए । कार्यक्रमलाई सफल बनाउनको लागि सहयो गर्ने सम्पूर्णलाई हृदयदेखिको धन्यबाद ज्ञापन गरे ।

सुदूरपश्चिम धनगढी शिविर सञ्चान

विशेष