News व्यापार कर्पोरेट

नेवानिको ताप्लेजुङ–काठमाडौं उडान 

नेवानिको ताप्लेजुङ–काठमाडौं उडान 

ताप्लेजुङ । लामो समयदेखि उडान गर्न नसकेको नेपाल वयु सेवा निगमले काठमाडौं–ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । 

 

यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन ९बुधबार र शुक्रबार० उडान गर्ने तालिका सार्वजानिक गरेको छ । 

 

यता समिट एअरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ । गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराबीका कारण उडान गर्न नसके पनि आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ । मौसम खराबीलगायतका कारण उडान नियमित नहुँदा जिल्लावासीलाई समस्या हुँदै आएको छ ।

 

बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालन


 
तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग मर्मत गरिएकाले यही असोज २५ गतेदेखि पुनः हवाई सेवा सञ्चालन हुन लागेको बागलुङ नगरपालिकाले जनाएको छ । 

 

नेपाल एअरसँग रहेका दुई ट्विनअटर विमानमा समस्या आएकाले मर्मतमा समय लागेको र तारा एयरका विमान दुर्घटनामा परेका कारण नियमित उडान रोकिएकोमा अब पुनः उडान सञ्चालन हुने बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलले जानकारी दिए ।उनका अनुसार असोज २५ गते बिहीबारका दिन नेपाल एयरको विमान काठमाडौंबाट यात्रु बोकेर बलेवामा अवतरण गर्नेछ । विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि यात्रुको चापसमेत बढेको छ । तारा एअरको उडान तत्काल नहुने भए पनि नेपाल एअरले हरेक बिहीबार नियमित उडान भर्नेछ । असोज २५ गते बिहीबार काठमाडौंबाट आउने नेपाल एअरको विमानका सबै सिट बुकिङ भइसकेको बताइएको छ । 

 

‘अहिले बागलुङदेखि काठमाडौंसम्म पुग्नका लागि ठाउँ–ठाउँको जाम र सडक निर्माण तथा मर्मतले धेरै यात्रु हैरानीमा परेका छन्, अबदेखि त्यस्तो हैरानी भोग्नु नपरोस् भनेर विमानस्थल नियमित सञ्चालनका लागि प्रयास गरिरहेका छौँ’, पौडेलले भने । दुई दशकभन्दा लामो समयदेखि प्रायः बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि विमान कम्पनीहरू तयार नभएपछि उक्त नगरपालिकाले यात्रुको सङ्ख्याका आधारमा कम्पनीलाई वित्तीय सुरक्षाको प्रत्याभूति दिलाएकाले उडान भर्न तयार नेपाल एअर र तारा एअर पुनः तयार भएको नगर प्रमुख जनक पौडेलले जानकारी दिए । 

 

दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र 

 

 निर्माण कम्पनीले तोकिएको समयमा काम नगर्दा दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र छ । समयमा काम नसकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अवधि थप्ने÷नथप्ने निर्णय नगर्दा पनि निर्माण अवरुद्ध भएको हो । 
कालोपत्रेको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले काम अघि नबढाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर नलविक्रम थापाले बताए। यी विमानस्थलमा रनवे कालोपत्रेलगायतका काम गर्न बाँकी छ । तोकिएको समयमा काम नसकिँदा अधुरै रहेको डोटीको दिपायल विमानस्थलको निर्माणको काम पनि अलपत्र अवस्थामा परेको छ । 

 

काम सञ्चालन नहुँदा महीनादेखि निर्माणको काम ठप्प रहेको विमानस्थल निर्माण हेरिरहेका इञ्जिनियर बालकृष्ण रेग्मीले बताए । काम सुरु गरेपछि मात्रै म्याद थपेर अन्तिम पटकका लागि मौका दिने मनसायमा प्राधिकरण पुगेको रेग्मीले बताए । 
यस्तै बैतडीको पाटन विमानस्थलको काम पनि लामो समयदेखि अलपत्र छ । अछामको साँफे विमानस्थल गएको जेठमै निर्माण सम्पन्न भई परीक्षण उडान गरिँदासमेत दिपायल तथा पाटन विमानस्थलको काममा ढिलाइ हुँदा निर्माणको काम अलपत्र परेको हो । 
पाटन विमानस्थलको गत असारमा समय सकिँदा पनि निर्माण कम्पनीलाई म्याद थपिएको छैन भने दिपायल विमानस्थलमा ६ महिनाको म्याद थपिए पनि सो समयमा पनि काम नसकिएपछि म्याद थपको माग भएकोमा म्याद नथपिएको बताइएको छ । डोटीको दिपायल विमानस्थलको काम सेर्पाग्याल्भा कम्पनीले लिएको छ । 

 

सुदूरपश्चिम प्रदेशको दोस्रो ठूलो डोटीको दिपायल र बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम निर्धारित समयमा नसकिएपछि अहिले निर्माणको काम अलपत्र छ । गत असारमा सक्ने लक्ष्यसहित निर्माण सुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रे गर्ने कार्य नसकिएपछि म्याद थपका लागि निवेदन दिइएको छ । डोटीको दिपायल विमानस्थलमा करिब पाँच करोड ५० लाख र बैतडीमा झन् ११ करोडको लागतमा विमानस्थल कालोपत्रेको काम सुरु गरिएको थियो । 

नेवानि

विशेष