News अपराध सुरक्षा

नागढुङ्गा–खानीखोलामा चेकिङ कडा 

नागढुङ्गा–खानीखोलामा चेकिङ कडा 

काठमाडौं । राजधानी बाहिरिने प्रमुख नाका नागढुङ्गा–खानीखोलामा सडक खण्डमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । 
चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौँको नाका सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको हो । 

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले चाडबाडको समयमा घन्टौं जामका कारण आफ्नो गन्तव्यस्थलसम्म पुग्न कठिनाइ हुने भन्दै जाम न्यूनीकरण गर्न, शान्तिसुरक्षाको प्रबन्ध गर्न साधन स्रोतसहित प्रहरी परिचालन गरिएको बताए ।  

 

उनले, भने, ‘नागढुङ्गा–खानीखोला सडक खण्डका विभिन्न स्थानमा सडक खाल्डाखुल्डी भएको र ठूला मालवाहक सवारीसाधन बिग्रिएर घन्टौं जाम हुँदा समस्या परेकाले जनशक्ति खटाएका हौं ।’ सोही स्थानमा प्रहरी नायब निरीक्षकको नेतृत्वमा २३ जनशक्ति परिचालन गरिएको छ ।  

महानगरीय प्रहरी परिसर काठमाडौं

विशेष