ट्र्याक्टरबाट खसेर महिलाको मृत्यु

रकुम । रुकुम पूर्वमा ट्र्याक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ ।
रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म१त ७९७ नं को ट्र्याक्टरमा सवार सोही गाउँपालिका-२ सीमचौरका २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको हो ।
गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिनुभयो । ट्र्याक्टर चालक जाजरकोटका शीतल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुकुम पूर्व रुकुम पश्चिम ट्र्याक्टर