News प्रदेश ५

निर्मलाको न्यायका लागि आँखामा पट्टि बाधेर प्रदर्शन

निर्मलाको न्यायका लागि आँखामा पट्टि बाधेर प्रदर्शन

दाङ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय हुँदा पनि न्याय नपाएको भन्दै दाङका महिलाहरुले आँखामा पट्टि बाधेर विरोध प्रदर्शन गरेका छन् । 

 

 

 

जिल्लाको लमहीका महिलाहरुले निर्मलाको न्याय माग्‍दै आँखामा पट्टि बाधेर विरोध प्रदर्शन गरेका हुन् । महिला अधिकारकर्मी संघ संस्थाको अगुवाइमा उनीहरुले राज्‍य निमर्लाको न्‍यायको लागि उदासिन रहेको आरोप लगाए ।

 

 

 

महिला अधिकारकर्मी योगमाया शाहीले निर्मलाको हत्यारा छिटो सार्वजनिक गरि कारवाही गर्न सरकारलाई आग्रह गरिन् । विरोध कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासे पनि प्रदर्शनकारीलाई साथ दिएकी थिइन् ।

कञ्चनपुर दाङ निर्मला पन्त

विशेष