News

ग्यासको मूल्य घट्यो

ग्यासको मूल्य घट्यो

भोजपुर । भोजपुर-लेगुवा सडक खण्डको भाडासँगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो ।

 

 

 

भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो । छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले पाँच सय तिर्दै आएका थिए ।

 

 

त्यस्तै यही असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको मूल्यमा प्रतिसिलिण्डर ७५ रुपैयाँ घटाइएको छ । व्यवसायीले ग्यास प्रतिसिलिन्डर १८ सय ७५ रुपैयाँमा बेच्दै आएकामा रु एक हजार ८०० मा झारिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

 

 

 

त्यस्तै जिल्लामा बेलुका ८ बजेपछि मदिरा बिक्रीवितरणमा समेत रोक लगाइएको छ । ट्याक्सीको भाडाका विषयमा भने एक साताभित्र पुनः बैठक बसेर निष्कर्ष निकालिने जनाइएको छ । 

भोजपुर ग्यासको मूल्य

विशेष