News

कक्षा तीनमा तीन विद्यार्थी !

कक्षा तीनमा तीन विद्यार्थी !

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका- २, डुम्रेपोखरास्थित गाउँले प्राविमा कक्षा ३ मा तीन विद्यार्थीका भरमा कक्षा सञ्चालन हुँदै आएको छ । कक्षा ३ मा अध्ययन गर्ने विद्यार्थी पुन रुचाल, एजु सारु र सिर्जना रुचाल हुन् । 

 

 


विद्यार्थी नियमित हुन नसक्दा कहिले एक त कहिले दुई मात्र विद्यार्थीलाई पढाउन शिक्षक बाध्य हुन्छन् । कक्षा ३ सम्म पठनपाठन हुने सो विद्यालयमा १२ विद्यार्थी छन् । 

 

 

कक्षा १ मा पाँच र कक्षा २ मा चार र कक्षा ३ मा तीन बालबालिकाले विद्यालयमा अध्ययन गर्दै आएको प्रधानाध्यापक कमल भुसालले जानकारी दिए । 

 

 

कम विद्यार्थीमा पठनपाठन गर्दा सहज रुपमा गृहकार्य र सिकाइ तथा बुझाइ प्रभावकारी हुने भुसालले जानकारी दिनुभयो । न्यून विद्यार्थी हुँदा अतिरिक्त क्रियाकलाप गर्दा निकै समस्या हुने गुनासो विद्यालयको छ ।

 

 

विद्यालयको सेवा क्षेत्रभित्र ७०÷७५ घरपरिवार छ । श्रीमान् रोजगारका कारण विदेश पलायन भएसँगै श्रीमती बालबालिका पढाउनका लागि सदरमुकाम तानसेन धाउन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको संकट भएको हो । 

 

 

 

प्रधानाध्यापकका अनुसार विद्यालयले विद्यार्थीबाट भर्ना शुल्क, परीक्षा, मासिक शुल्कलगायत शुल्क लिँदैन । विसं २०५२ देखि ६० सम्म प्राविसम्म ५५ विद्यार्थी रहे पनि अहिले विद्यालय न्यून विद्यार्थी छन् । 

पाल्पा विद्यार्थी

विशेष