News प्रदेश ७

राजधानीविरुद्ध लेखेको भन्दै पत्रिका जलाउने ४ जना पक्राउ

राजधानीविरुद्ध लेखेको भन्दै पत्रिका जलाउने ४ जना पक्राउ

धनगढी । कैलालीको अत्तरियामा गएको बुधबार राष्ट्रिय पत्रिका जलाएको आरोपमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अत्तरीयाका मुन्ना विक, दुर्गा अधिकारी, धर्म कुँवर र धर्मानन्द विक रहेका छन् । 

 

 

उनीहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढीबाट पक्राउ गरेको हो । अहिले पक्राउ परेका चारैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

 

 

जाहेरी प्राप्त गरेपछि समाजिक कसुर अन्तर्गत कारवाही गरीने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरी वलीले वताए । विशेष अनुसन्धानका आधारमा उनीहरुलार्इ पक्राउ गर्न सफल भएको डिएसपी वलीले जानकारी दिए । 

 


गोदावरीमा राजधानी सारेको विरोधमा समाचार प्रकाशन गरेको भन्दै वुधवार अत्तरियामा कान्तिपुर, काठमाडौ पोष्ट, अन्नपूर्ण पोष्ट र नागरिक दैनिक जलाइएको थियो ।

 

 

पत्रिका जलाइएको भन्दै सामाजिक सञ्जालमासमेत व्यापक विरोध भएको थियो । घटना लगत्तै प्रहरीले संग्लनहरुको खोजीकार्य तीव्र पारेको थियो । 

कैलाली

विशेष