News

नेपाल वायुसेवा निगमद्वारा एकै दिन चार उडान

नेपाल वायुसेवा निगमद्वारा एकै दिन चार उडान

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा सेवा विस्तारलाई तीव्रता दिएको छ । व्यावसायिक सम्भावना बोकेका गन्तव्यमा उडान भर्ने योजनाका साथ निगमले आन्तरिक उडानलाई प्रभावकारी बनाउन लागेको हो । 

 

 

 

निगमले शनिबार बिहानै लुक्लामा तीन उडान भरेको छ । निगमका प्रवक्ता अशोक सिग्देलले चीनबाट ल्याइएको वाई–१२ ई विमानबाट लुक्लामा व्यावसायिक उडान भरिएको जानकारी दिए । 

 

 

 

आज लुक्लाका लागि चार उडान तालिका राखिए पनि मौसमको खराबीले तीन मात्र उडान गरिएको उनले उल्लेख गरे । यो उडानलाई निगमको इतिहासकै ठूलो उपलब्धि मानिएको छ । यसअघि निगमको ट्वीनअटर विमानले बेलाबखत मात्र लुक्लामा उडान गर्ने गर्दथ्यो । 

 

 

 

पर्यटकीय मुख्ययाम शुरु भएको र लुक्लामा विदेशी पर्यटकको चाप हुने भएकाले पनि निगमले यो गन्तव्यलाई प्राथमिकता दिएको जनाएको छ । 

 

 

लुक्लासँगै डोल्पा, सिमिकोट, ताल्चा, जुम्ला, जोमसोमलगायत क्षेत्रमा पनि सेवा विस्तार गर्ने योजना रहेको प्रवक्ता सिग्देलले जानकारी दिए। 

 

 

करीब २० वटा गन्तव्यमा आन्तरिक उडान भर्दै आएको निगमसँग हाल-दुई ग्राउण्डेड० सहित चार वाई-१२, एक एमए-६०, दुई टुइनअटरलगायत नौ वटा विमान छन् । 

 

 

 

अन्तर्राष्ट्रियतर्फ हाल भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई, हङकङ, मलेशिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान गर्दै आएको छ । 

 

 

 

एक बोइङ नाइन एसिबी-५७५, एक वाइड बडी ए ३३०-२०० र एयरबस ३२० सिरिजको दुई विमानबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम

विशेष