News

कक्षा ११ को परीक्षाफल प्रकाशित

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । 

 

 

जीपीए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९,जीपीए २.८१ देखिजीपीए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन्। 

 

 

त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१,जीपीए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जीपीए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । 

 

 

जीपीए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जीपीए ०.८१ देखि १.२० ल्याउने आठ हजार एक सय २७ रजीपीए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् ।

 

 

अंकाङ्कन पद्धतिमा परीक्षा दिएका आंशिक विद्यार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । कक्षा ११ को परीक्षा गत ९ जेठमा सम्पन्न भएको थियो । परीक्षा बोर्डले गत वर्षभन्दा यो वर्ष चाँडै नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षाफल प्रकाशित

विशेष