राजा बीरेन्द्रले राखिदिएको नाम मन पर्यो
काठमाडौं । सुदूरपश्चिमाञ्चल विकास क्षेत्र घोषणाको ३९ बर्षपछि नाम पुनः दोहोरिएको छ । सातौं प्रदेशलाई सुदूरपश्चिम प्रदेश (पुरानै) नामकरण गरिएको हो ।
पाचौं विकास क्षेत्रका रुपमा तत्कालीन राजा विरेन्द्र शाहले २०३७ सालमा बैतडीको पाटनमा सवारी मुकामबाट सुदूरपश्चिमाञ्चल घोषणा गरेका थिए ।
भावर क्षेत्रमा राजधानी र सुदूर नामलाई दाहोर्याएर जनप्रतिनिधिले जनभावनासँग खेलबाड गरेको भन्दै यो निर्णयको आलोचना भएको छ ।
कान्तिपुर दैनिकबाट ।