News

झण्डै डेढ लाख घुससहित डिएसपी राई अख्तियारको फन्दामा

झण्डै डेढ लाख घुससहित डिएसपी राई अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ ।

 

 

आयोगको टोलीले उनलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिए ।

 

 

उनले भने, ‘एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ ।’ (रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोग श्यामकुमार राई

विशेष