बाँकेमा माइक्रोबस र ट्रक ठोक्किदा ४ जनाको मृत्यु

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठाक्किएर चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दाङबाट नेपालगञ्ज आउँदै गरेको रा १ ख १६६२ नम्बरको हाइस माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशाबाट जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रक शनिबार बिहान सवा ९ बजेतिर राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए ।