News राजनीति

पार्टीभित्रका समस्या निराकरण गरेर चाँडै एकताः महासचिव

पार्टीभित्रका समस्या निराकरण गरेर चाँडै एकताः महासचिव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् । 

 

 

आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए । उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए । 

 

 

पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दैै पार्टीभित्र कुनै समस्या नभएको उनको भनाइ थियो । महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गरे । उनले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताए । 

 

 

“राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा दशैँमादेखिको वेथिति सङ्ग्रह छ”, उनले भने, ‘‘त्यसलाई दुरुस्त गर्नका लागि ६–८ महीनाको समयले पुग्दैन । त्यसकारण सरकारले जनताको अपेक्षा पूरा हुने गरी विकासलाई अगाडि बढाउन सकेको छैन ।” 

 

 

उनले चाँडै नै सरकारले परिमाण आउने गरी जनताको निराशालाई चिर्दै आत्मविश्वास बढाउँदै विकास निर्माण, समृद्धि र सामाजिक न्याय दिने गरी काम अगाडि बढाउनेसमेत बताए । 

 

 

नेता पौडेलले संविधान कार्यान्वयन भइरहेको भन्दै अबको ध्यान मुलुकको विकास निर्माणमा केन्द्रित हुने धारणा राखे । उनले सिङ्गो समाज र सबैको सोच बदलेर मुलुकको विकास दू्रतगतिका साथ लैजानुको विकल्प नभएको बताए । 

महासचिव

विशेष