नेकपाको सचिवालय बैठक स्थगित, अर्को बैठक सोमबार बिहान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री एवं नेकपाको सचिवालयका अनुसार बैठक सोमबार बिहान ८ बजेका लागि सरेको हो ।
बैठकले पार्टी एकीकरणका बाँकी रहेका कार्यभार तथा सरकारका विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइन्छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड व्यस्त भएकाले बैठक सारिएको सचिवालयले जनाएको छ ।
पार्टी एकीकरण र सरकारका विषयमा पूर्व एमाले समूहमा ठूलो विवाद र आरोप प्रत्यारोपको बाढी चलेको देखिन्छ ।
नेपाल कम्युनिस्ट पार्टी केपी ओली र प्रचण्ड सचिवालय बैठक