News

दश वर्षपछि गैंंडाको खाग तस्कर पक्राउ

दश वर्षपछि गैंंडाको खाग तस्कर पक्राउ

चितवन । भारतमा लुकिछिपी बसेका गैंंडाको खाग तस्कर दश वर्षपछि पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जले फरार रहेका नवलपरासीको कावासोती-१० रतौलीका ईश्वरीप्रसाद महतोलाई शुक्रबार पक्राउ गरेको हो ।

 

 

निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालका अनुसार महतो नेपाल छिरेको सूचनाका आधारमा ४५ दिनदेखि पिछा गरी नवलपरासीको अमलटारीबाट पक्राउ गरिएको हो । महतो सो क्षेत्रमा दुई गैंडा मार्ने कार्यमा संलग्न रहेको निकुञ्जले आरोप लगाएको छ ।

 

 

विसं २०६६ असोज २८ गते महतोसहित सात जनाविरुद्ध गैंडा मारेर खाग चोरी बिक्री गरेको आरोपमा दुई मुद्दा दर्ता भएको थियो । विसं २०७१ असार १० गते निकुञ्जले महतोलाई १५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

 

 

अर्को मुद्दामा पनि १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवानाको फैसला भएको सूचना अधिकारी अर्यालले जानकारी दिए । महतोलाई शुक्रबार नै जिल्ला कारागार भरतपुर चलान गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज खाग तस्कर

विशेष