News

सातवटा जिल्ला पार गरेर अरुण तेस्रोकाे जलविद्युत पुग्नेछ भारत

सातवटा जिल्ला पार गरेर अरुण तेस्रोकाे जलविद्युत पुग्नेछ भारत

स‌‍खुवासभा - अरुण तेस्रो जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन सातवटा जिल्ला हुँदै भारत पुग्ने भएको छ । विद्युत् आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सतलजले भर्खरै ट्रान्समिसन लाइनको नक्सा बनाएको छ ।

 

ट्रन्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी पार भएर भारत लगिनेछ । विद्युत् त्पादनस्थल दिदिङको पुखुवाबाट सतलजले हाइटेन्सन लाइनमार्फत बिजुली सिधै भारत पुर्‍याउनेछ । 

 

नक्सांकन बल्ल सकिएकाले अब हाइटेन्सनमा पर्ने जग्गाको मुआब्जा वितरण हुने सतलजका ड्युटी जनरल म्यानेजर विक्रम मेदगिलले जानकारी दिए । नेपालतर्फ ट्रान्समिसन लाइनको पाँच सय एकवटा टावर बन्नेछ। मोदगिलका अनुसार संखुवासभामा ४३, भोजपुरमा ७९, खोटाङमा ६५, उदयपुरमा १३० सिरहामा २६, धनुषामा ७२ र महोत्तरीमा ९५ वटा टावर बन्नेछ । 

् नयाँ पत्रिका दैनिकबाट  । 

विशेष