News साहित्य आज

प्रज्ञा –प्रतिष्ठानका कुलपतिमा  उप्रेती

प्रज्ञा –प्रतिष्ठानका कुलपतिमा  उप्रेती

काठमाडौं । नेपाली प्राज्ञहरूको संगठन नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा गङ्गाप्रसाद उप्रेती पुनः नियुक्त भएका छन् । 

 

प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई आइतबार नियुक्त गरेका हुन्  । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति थिए भने त्यसअघिको कार्यकालमा उपकुलपति थिए । 

 

प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा. जगतप्रसाद उपाध्याय नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीको अध्यक्षतामा रहेको सिफारिस समितिको सम्मतिमा उनीहरूको नियुक्त भएका हुन् । 

 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उनीहरूको आइतबार नै शपथग्रहण हुने जानकारी दिए । मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट औपचारिकपत्र नआइसकेको भए पनि नियुक्तिको प्रक्रिया सुरु भएको बताए । अन्य प्राज्ञ परिषद् सदस्यको नियुक्तिको पनि तयारी गरिएको छ । तीन वटै प्रज्ञा–प्रतिष्ठानमा गत भदौ १९ गते पदाधिकारी रिक्त भएका थिए । 
 

प्रज्ञा –प्रतिष्ठान

विशेष