News

तीन महिनादेखि रोकिएको उडानसेवा सुरु

तीन महिनादेखि रोकिएको उडानसेवा सुरु

रुकुम पश्चिम । तीन महिनादेखि रोकिएको उडानसेवा सल्ले विमानस्थलबाट आइतबारदेखि फेरि हवाई उडान सेवा सुरु भएको छ । 

 

आइतबारदेखि काठमाडौं – रुकुम –नेपालगञ्ज उडान गरेर नियमित भएको हो । अबदेखि जहाजले काठमाडौं र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एकाएक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिएका छन् ।

 

उनका अनुसार नेपाल वायुसेवा निगमको जहाजले आइतबार काठमाडौं –रुकुम– नेपाजगञ्ज र सोमबार नेपालगञ्ज – रुकुम – काठमाडौँ उडान गर्ने भएको छ । यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपूग र मर्मत गर्नुपर्ने भएकोले नियमित सेवा अवरुद्ध भएको थियो । 

 

दशैंतिहार नजिकिंँदै गर्दा हवाईसेवा पनि नियमित भएपछि रुकुम पश्चिम तथा पूर्वका यात्रु खुशी भएका छन् । रुकुमको सल्लेबाट उडान सुरु भए पनि जिल्लाको अर्को विमानस्थल चौरजहारीमा भने अझै उडान शुरु भएको छैन । चौरजहारी विमानस्थल करीब १६ महिनादेखि हवाईसेवा बन्द भएको छ ।

रुकुम पश्चिम रोकिएको उडानसेवा सल्ले विमानस्थल हवाई उडान सेवा सुरु

विशेष