News

कुलमानले पाए ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्ड

कुलमानले पाए ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्ड

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मानित भएका छन् । 

 

 

रेडियो, टेलिभिजनलगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएको इमेज ग्रुप अफ कम्पनीजले शनिबार राजधानीमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई ‘बेष्ट पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरेको हो ।

 

 

 

कम्पनीले ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकाले घिसिङलाई सम्मानित गरिएको हो । दुई वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए ।

 

 

 

२०७५ सालको वैशाखबाट मुलुक लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङकै नेतृत्वमा गएको आर्थिक वर्षमा विद्युत चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ, जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो । 

 

 

 

जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करिब ५.५ प्रतिशत र करिब १४.५ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा विद्युत चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत तथा प्रसारण लाइन आयोजनाका कामले पनि तीव्रता पाएको छ ।

नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङ बेष्ट पर्सनालिटी अफ दी इयर

विशेष