News

विन्ध्यवासिनीमा २३५ वर्षपछि करारमा पुजारी नियुक्त

विन्ध्यवासिनीमा २३५ वर्षपछि करारमा पुजारी नियुक्त

कास्की । पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २३५ वर्षपछि करारमा पुजारी नियुक्त गरिएको छ । दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको हो । 

 

 

मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पुजारीले लिने गरेकामा करारमा नियुक्ति भएकाहरूलाई भने तलब दिइने र चढाइएका दान दक्षिणा र उपहार समितिमा आउने भएको छ । 

 

 

समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिर निर्माणबारे यकिन तथ्य फेला नपरे पनि विभिन्न प्रमाणसमेतका आधारमा विसं १८४० तिर यसको निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ । 

 

 

प्राप्त प्रमाणका आधारमा मन्दिरको पहिलो पुजारी भगिरथ पाध्या पौडेल हुन् । विसं १९४१ म पाल्पाका चिन्तामणि बाणा मन्दिरमा पूजा गर्न आएपछि पौडेलका सन्तति महिधर पाध्या पौडेलले पुजारीमा आफूहरूको हक दाबी हुनुपर्ने मागसहित मुद्दा हालेपछि कास्कीका तत्कालीन राजाले पौडेल सन्ततिलाई नै पूजाआजाको जिम्मा दिएको पाइन्छ । 

 

 

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार यस वर्षदेखि परम्परागतरुपमा पूजा गर्दै आएका पुजारीलाई विस्थापन गर्दै करारमा पुजारी नियुक्ति गरिएको हो । 

पुजारी नियुक्त विन्ध्यवासिनी मन्दिर

विशेष