विदेश मुख्य समाचार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोमर र नोर्धाउसलाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोमर र नोर्धाउसलाई

स्टकहोम । अमेरिकी विश्वविद्यालयका दुईजना अनुसन्धानकर्तालाई सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ। 

 

 


अमेरिकाको येले विश्वविद्यालयका विलियम नोर्धाउसलाई जलवायू परिवर्तनलाई दिर्घकालीन समष्टीगत अर्थशास्त्रमा एकीकरण गर्नेसम्बन्धी अध्ययनका लागि तथा न्यूयोर्क विश्वविद्यालयका पल रोमरलाई प्रविधिगत नवीनतालाई समष्टीगत अर्थशास्त्रसँग जोडेर अध्ययन गरेबापत उक्त पुरस्कार दिइएको नोबेल कमिटीले जनाएको छ। 

 

 


अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणासँगै यस वर्षको नोबेल पुरस्कार घोषणा सकिएको छ। एजेन्सी

नोबेल पुरस्कार अमेरिकी विश्वविद्यालय विलियम नोर्धाउस

विशेष