News

सौर्य ऊर्जाले खानेपानीको समस्या हट्यो

सौर्य ऊर्जाले खानेपानीको समस्या हट्यो

काभ्रेपलाञ्चोक । जिल्लाको मण्डन देउपुर नगरपालिका-११ तार्केन्टारका बासिन्दाले करीब एक सय मिटर तलको इनारबाट पानी घरघरमा आउला भनेर सोचेका थिएनन् । प्रविधिका कारण नसोचेको काम सफल भएपछि तार्केन्टारका बासिन्दा निकै खुशी छन् । 

 

 

 

सोलार (सौर्य ऊर्जा) लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न भएपछि अहिले यहाँका बासिन्दाको दैनिकी फेरिएको छ । पिउन, घरधन्दा तथा नुहाइधुवाइ गर्न दिनभरजसो एक घण्टाको उकालोमा पानी बोक्नुपर्ने बाध्यता हटेको छ भने ट्याङ्कीबाट ‘ओभर-फ्लो’ पानीले घरबारीमा तरकारी उब्जनी गर्न मद्दत पुगेको छ । 

 

 

 

गाउँका सबैको घरमा उपलब्ध भएपछि बिहान सबेरै उठेर पानी लिन खोला धाउनुपर्ने बाध्यता हटेको स्थानीयवासी मैते तामाङले बताए । 

 

 

 

सत्र परिवारको ९८ जनाको बसोबास रहेको यस गाउँमा अहिले पुस्तौंदेखिको खानेपानीको समस्या नगरपालिका कार्यालय तथा दातृ निकायको सहयोगमा समाधान भएको हो । 

काभ्रेपलाञ्चोक सौर्य ऊर्जा

विशेष