News

ललितपुर महानगर सडकमा स्मार्ट बत्ती जडान गर्दै

ललितपुर महानगर सडकमा स्मार्ट बत्ती जडान गर्दै

ललितपुर । ललितपुर महानगरपालिकाको मुख्य सडक छिट्टै झलमल्ल हुँदैछ । महानगरपालिकाले सवारी आगमन बढी हुने सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्दैछ । 

 

 

सडकका खम्बामा ‘स्मार्ट’ बत्ती जडानपछि आवश्यक मात्रामा बत्ती बल्ने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । सडकका दुवैतर्फका खम्बामा बत्ती जडान हुँदैछ ।

 

 

यो बत्ती जडान भएपछि यात्रु वा सवारीको चाप बढ्दा बत्ती धेरै बल्ने र कम हुँदै जाँदा घट्दै जानेछ । चार वटा खम्बामध्ये पालैपालो एउटा खम्बामा बत्ती बल्ने उनले बताए । 

 

 

यसले गर्दा सीसीटीभीबाट पनि सडकका दृष्य देखिनेछ । यो बत्ती बल्दा गाडी नम्बर स्पष्टरुपमा देखिने प्रवक्ता महर्जनले बताए ।

 

 

सवारीको चाप बढी हुने सडकमा तीन चरणमा गरेर ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पहिलो चरणमा पुल्चोकबाट कुपण्डोलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको प्रवक्ता महर्जनले बताए । 

 

 

यस क्षेत्रमा बत्ती जडानका लागि विद्युत् प्राधिकरणसँग सम्झौता भएर बोलपत्रसमेत भइसकेको छ । पहिलो चरणमा पुल्चोकसम्म जडान गर्न सकिएपछि अर्को चरणमा लगनखेलसम्म बत्ती जडान हुने प्रवक्ता महर्जनले बताए । 

 

 

यात्रु र चालकको सहजता र सडक सुरक्षाका हिसावले ‘स्मार्ट’ बत्ती जडानलाई महानगरपालिकाले प्राथमिकतामा राखेको महर्जनले बताए । कुपण्डोलबाट लगनखेलसम्म जिल्लामा सबैभन्दा बढी सवारी चाप रहेको छ । 

ललितपुर महानगरपालिका ‘स्मार्ट’ बत्ती

विशेष