News प्रदेश ७

बझाङमा जिप दुर्घटना, तीनजनाको मृत्यु

बझाङमा जिप दुर्घटना, तीनजनाको मृत्यु

बझाङ, असोज २३ । जिल्लाको केदारस्युँ गाउँपालिकाको बागथलाबाट बुङ्गल नगरपालिकाको विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

 

 

बुंगल नगरपालिकाको ५ मिणिबगरमा भएको जिप दुर्घटनामा घाइते कञ्चनपुर बेदकोट नगरपालिका ५ का ३५ वर्षीय प्रेम बोहराको उपचारको क्रममा देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । यसअघि कञ्चनपुर वेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीय विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीया धनबहादुर बोहराको घटनास्थलमा नै मृत्यु भएको थियो । 

 

 

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुरका ३० वर्षीया मुडु बोहरा, १० वर्षीया कविता बोहरा, १२ वर्षीया माया बोहरा, ४३ वर्षीया लालमती बोहरा, चन्द्रसिंह बोहरा र वीरेन्द्र बोहरा छन् । त्यस्तै नरेन्द्र कुँवर, कृष्ण कुँवर, धिरेन्द्र बोहरा घाइते रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

 

चालक केदार स्युँ गाउँपालिका ४२ वर्षीय रणबहादुर खाती र सहचालक सुनील खाती पनि घाइते छन् । घाइतेको स्थानीय देउरा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

 

 

बुंगल नगरपालिकाको बड्डीज्यावन धार्मिक क्षेत्रमा पूजाआजा गर्नका लागि उनीहरु मन्दिरतर्फ जाने क्रममा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप दुर्घटना बझाङ

विशेष