News

टेलिकमले ल्यायो दसैं अफर, यो पटक के-के छ सुविधा ?

टेलिकमले ल्यायो दसैं अफर, यो पटक के-के छ सुविधा ?

काठमाडौं । अाउँदै गरेकाे विजया दशमीको उपलक्ष्यमा नेपाल टेलिकमले ग्राहकहरूले थप सेवा प्रदान गर्ने भएको छ । चाडबाडको अवसर पारेर टेलिकमले भ्वाइस र डाटामा सहुलियत दिने घोषणा गरेको हो ।

 

 

 

टेलिकमले दसैंको अवसरमा अनलिमिटेड भ्वाइस तथा एसएमएस प्याक दिने भएको छ । अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ ।

 

 

 

रु. ६ सय ब्यालेन्समा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी डाटा प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (बिहान ६ बजेदेखि राति १० बजेसम्म) र १ जीबी ‘अफपिक आवर’ (राति १० देखि बिहान ६ बजेसम्म) प्रयोग गर्न सकिनेछ । सोही प्याक ७ दिन समयावधिका लागि मात्र ३०० ब्यालेन्समा समेत उपलब्ध हुनेछ ।

 

 

प्याक लिने सेवाग्राहीलाई ‘वाउ टाइम’ र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सेवा निःशुल्क उपलब्ध गराइने छ । त्यस्तै टेलिकमको भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँ ब्यालेन्समा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने छ । 

 

 

 

एक दिनका लागि मात्र उपलब्ध हुने त्यो सुविधा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यो सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

 

 

 

टेलकमको डाटा प्याक अन्तर्गत ३६ एमबी डाटा ६ रुपैयाँमा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । यी अफरहरु आउँदो असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छन् ।

 

 

टेलिकमले अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*9# डायल गर्नु पर्ने जनाएको छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यी प्याकेज खरिद गर्न सकिने जनाइएको छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np  मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने जनाएको छ ।

 

 

 

यसका साथै टेलिकमले रिचार्जमा बोनस पनि दिने जनाएको छ । आउँदो असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ ।

 

 

 

यस अन्तर्गत एक सय रुपैयाँ र दुई सय रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय रुपैयाँ र एक हजार रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ । १ सय रुपैयाँ र दुई सय रुपैयाँको बोनस ३ दिन भित्र र पाँच सय रुपैयाँ र एक हजार रुपैयाँको बोनस ५ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।

 

 


त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध हुनेछ र त्यो बोनस ५ दिनभित्र उपभोग गरिसक्नुपर्नेछ । आउँदो असोज ३० देखि कात्तिक ६ गतेसम्म एडीएसएल–एफटीटीएच तथा वाइम्याक्सको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ७ गतेसम्म थप गरिने छ । यसबाट बीचैमा समय सकिए पनि ग्राहकहरुको सेवा सुचारु रहने छ ।

नेपाल टेलिकम दसैं अफर

विशेष