News

फोहोर व्यवस्थापन गर्न नयाँ स्थानको खोजी, एक हप्ताभित्रै टुंगो लाग्ने

फोहोर व्यवस्थापन गर्न नयाँ स्थानको खोजी, एक हप्ताभित्रै टुंगो लाग्ने

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे समस्या रहँदै आए पनि अब समाधान हुने भएको छ । आगामी शुक्रबारसम्ममा तत्कालका लागि अल्पकालीन फोहोर व्यवस्थापन गर्ने स्थानको टुङ्गो लागिसक्ने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए । 

 

 

उनका अनुसार हालका लागि विपल्पका रुपमा आत्पकालीन र त्यसपछि दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थान तय गर्नका लागि कामपा निरन्तर लागिरहेको छ । यसै साताभित्र आत्पकालीन फोहोर व्यवस्थापन गर्ने स्थानको तय भइसक्ने बताइएको छ । 

 

 

हाल काठमाडौं उपत्यकाको फोहाेर नुवाकोटस्थित ककनी गाउँपालिकाको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । १३ वर्ष अघि दुई वर्षका लागि भन्दै प्रयोग गर्दै आए पनि अहिलेसम्म त्यहीँ फोहोर फालिदैं आएको छ । अब भने उक्त स्थानमा फोहाेर राख्न मिल्ने अवस्था पनि छैन । त्यसैले व्यवस्थापनका लागि विकल्प खोज्न लागिएको हो । 

 

 

 

हरेक दिन उपत्यकाबाट १२ सय मेट्रिक टन फोहर सङ्कलन हुन्छ । त्यस्तै दैनिक निजी र महानगरको गरी २ सय गाडी फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । 

 

 

अघिल्लो साता शुक्रबार नै फोहोर व्यवस्थापन गर्न भन्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उपत्यकास्तरीय नगरपालिका फोरम स्थापना गरिएको थियो । उक्त फोरमकै अगुवाईमा छिटो वातावरण विभागसहित भएर फोहर फ्याक्ने स्थानको तय गर्नका लागि लागीपरेका हुन् । 

फोहोर व्यवस्थापन

विशेष