News

चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियन नागरिक पक्राउ

चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियन नागरिक पक्राउ

कास्की । नेपालीलाई चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियन नागरिक पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-६ खहरे बस्ने तनहुँका ३४ वर्षीय शिब श्रेष्ठलाई चक्कु प्रहार गरेको आरोपमा अष्ट्रियाका ३३ वर्षीय डोमिनिक एडर पक्राउ परेका हुन्।

 

 

एडरलाई पोखरा महानगरपालिका-६ बाट सोमबार प्रहरीले पक्राउ गरिएको हो । मादक पदार्थ सेवन गरेका डोमिनिकले सेदी खहरे जाने क्रममा सेदीको पुलमा श्रेष्ठलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

 

 

 

चक्कु प्रहार गरेको खबर पाउनासाथ खटिएको वडा प्रहरी कार्यालय बैदामको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घाइते श्रेष्ठलाई उपचारको लागि चरक मेमोरियल अस्पताल लगिएको छ । एडरमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

कास्की चक्कु प्रहार

विशेष