माथिल्लो तामाकोशीको लागत ३५ अर्बबाट बढेर ६९ अर्ब
काठमाडौं । स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत बढेर दोब्बर पुग्ने भएको छ ।
शुरुमा ३५ अर्ब २९ करोड रुपैयाँमा सम्पन्न हुने भनिएको यो आयोजनाको लागत बढेर करिब ६९ अर्ब पुग्ने देखिएको हो । आयोजना निर्माण सम्पन्न हुने अवस्थासम्म ब्याजसमेत जोड्दा करिब ६९ अर्ब खर्च हुने अनुमान गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।
नागरिक दैनिकबाट