नेविसंघद्वारा कार्यक्रता रिहाइको माग

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले तपेश्वर उच्च माध्यमिक विद्यालय काभ्रेका इकार्इ अध्यक्ष कृष्ण ढकाललाई विनाशर्त रिहाइ नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले विभिन्न बहानामा नेविसंघका कार्यकर्तालाई पक्राउ गर्ने र जेलमा हाल्ने काम गरेकोप्रति विरोध जनाए ।
नेविसंघले ढकालको पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द र कात्तिक २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।
नेपाल विद्यार्थी संघ नैनसिंह महर