विदेश मुख्य समाचार

म्यान्मारमा पनि चीनले ठूलो बन्दरगाह बनाउने  

म्यान्मारमा पनि चीनले ठूलो बन्दरगाह बनाउने  

एजेन्सी । चीनले म्यान्मारमा अरबौं डलर खर्च गरेर एक ठूलो बन्दरगाह निर्माण गर्ने सम्झौता गरेको छ ।

 

बंगालको खाडीसँग जोडिएको म्यान्मारको क्याप्यु सहरमा यो बन्दरगाह निर्माण हुनेछ । चीन आफ्नो महत्वकांक्षी बेल्ड एण्ड रोड प्रोजेक्ट अन्तर्गत हिन्द महासागरमा आफ्नो उपस्थिति मजबुत बनाउन बंदरगाह निर्माण गर्न लागेको हो । 
 

 

म्यान्मारभन्दा अगाडि चीनले पाकिस्तानमा ग्वादर बंदरगाहको काम शुरु गरेको थियो । पाकिस्तानको ग्वादर पोर्ट र श्रीलंकाको विमानस्थल नै चीनले लिजमा लिएपछि छिमेकी मुलुक भारतले यो विषयलाई चासोपूर्वक हेरेको बताइन्छ ।  

विशेष