वडाअध्यक्ष सहित ८ जनप्रतिनिधि कांग्रेसमा प्रवेश

जाजरकोट । जिल्लाको कुसे गाउँपालिकाको घरंगामा बुधवार पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष सहित ८ जना जनप्रतिनिधि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसले आयोजना गरेको आमसभाको कार्यक्रममा सोहि गाउँपालिकाको वडा नम्वर ६ का वडाध्यक्ष अमरवहादुर शाही र अन्य ७ जना वडा सदस्यहरुले सत्तारुढ नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेसमा प्रवेश गर्नेहरुलाई पूर्वअर्थराज्य मन्त्री उदयसम्सेर राणाले पार्टी प्रदेश गराएका थिए। जाजरकोट कांग्रेसका सचिव खडक विसीका अनुसार पार्टी प्रदेश गर्नेहरुमा गर्नेहरुमा वडाध्यक्ष शाही, वडा सदस्यहरु रामवहादुर रोकाय, लालवहादुर सिंह सोहि गाउँपालकाको वडा नम्वर ५ का वडासदस्य कमला रावल, पदमकला विष्ट, वडा नम्वर ८ की वडा सस्य रामछाया सिंह लगायत रहेका छन् ।
नेकपा नेतृत्वको वर्तमान सरकारले जनताका लागि गतिलो काम गर्न नसकेका कारण आफुहरुले पार्टी परित्याग गरेको नेकपा परित्याग गर्नेहरुको भनार्इ छ ।
१० वर्ष जनयुद्ध लडेको पार्टीलाई प्रचण्डले एमालेमा विलय गराएकोले आफूले नेकपा परित्याग गरेको नेकपाका नेता एवम कुसे ६ का वडाध्यक्ष अमरवहादुर शाहीले बताए।
जाजरकोट