News

आउँदो मंसिर १ मा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन हुने

आउँदो मंसिर १ मा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन हुने

विराटनगर । विराटनगरमा इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन (मुशायरा) को आयोजना हुने भएको छ । कौमी एकता मञ्च विराटनगरले आउँदो मंसिर १ गते शनिबार इण्डो–नेपाल मुशायराको आयोजना गर्न लागेको हो ।

 

मुशायरा कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, मैथिली, भोजपुरी र मारवाडी भाषाका कविहरुले आफ्ना रचनाहरु वाचन गर्ने कार्यक्रमका संयोजक जफर अहमद जमालीले जानकारी दिए ।

 

नेपाल भारतबीच धार्मिक तथा साँस्कृतिक एकतालाई बलियो बनाउने उद्देश्यका साथ आयोजना गरिने उक्त कार्यक्रममा राष्ट्रिय एकता र नैतिकवान समाज निर्माण गर्ने किसिमका प्रस्तुतिहरु रहने जनाइएको छ ।

 

स्थानीय भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि आयोजना हुने कार्यक्रममा भारतका चर्चीत कवियत्री चाँदनी शवनम्, भीवा शुक्ला, कविहरु अकमल बलरामपुरी लगायतले आफ्ना प्रस्तुति दिनेछन् ।

 

नेपालबाट सीमा आभास, माया मितु, इम्तियाज वफा, विवस पोखरेल लगायतले नेपाली राष्ट्रियता झल्किने कविताहरु प्रस्तुत गर्ने जनाइएको छ ।

 

त्यसैगरी मैथिली भाषामा प्रविणनारायण चौधरीले कविता प्रस्तुत गर्ने छन् । कार्यक्रम संयोजक जफर अहमद जमालीले नेपाल–भारतबीच असमझदारी हटाउनुको साथै आपसी भाइचारामा वृद्धि हुने र दुवै देशका संस्कृतिको बारेमा नेपाल र भारतका स्थानीयले बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।

इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन (मुशायरा)

विशेष