News

कान्ति बाल अस्पताल थोत्रा उपकरणको भरमा, शिशु संक्रमणको जोखिममा

कान्ति बाल अस्पताल थोत्रा उपकरणको भरमा, शिशु संक्रमणको जोखिममा

काठमाडौं । देशकै एक मात्र केन्द्रीय कान्ति बाल अस्पतालमा उपकरण अभावले सेवा प्रवाहमा गम्भीर समस्या देखिएको छ ।

 

 

महत्वपूर्ण क्षेत्रको व्यवस्थापनमा बजेट नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो । कान्तिले पानीमा धुने एक्सरे मेसिनका माध्यमबाट सेवा दिइरहेको छ ।

 

 

अस्पतालका निर्देशक डा. गणेश राईले आधुनिक समयमा आउँदा पनि कान्तिले वर्षौँ पुरानो पानीमा धुने एक्सरेबाट सेवा दिइरहेको बताए ।

 

 

सबै अस्पतालबाट यस्ता एक्सरे मेसिन विस्थापित भइसकेका छन् । १५ वर्ष पुरानो उक्त एक्सरे मेसिन एकपटक प्रयोग गर्दा लामो समयसम्म तातिन्छ ।

 

 

‘हामीले एक्सरे समस्याका विषयमा मन्त्रालय समक्ष कुरा गरेका छौँ,’ राईले भने, ‘आशा छ चाँडै अत्याधुनिक एक्सरे मेसिन ल्याउनेछौँ ।’

 


कान्ति बाल अस्पतालमा सञ्चालन भएका उपकरणहरू सबै पुराना भएका छन् । पुराना उपकरणका माध्यमबाट नवजात शिशुलाई सेवा दिँदा विभिन्न खाले संक्रमण हुने सम्भावना बढी हुन्छ ।

 

 

नयाँ उपकरण नभएका कारण भएकै उपकरणबाट सेवा दिनुपरेको अस्पतालको तर्क छ । कान्तिमा एमआरआईसमेत छैन । राईका अनुसार सिटी स्क्यान मेसिन ७ वर्ष पुरानो छ । यसको आयु ४ वर्ष मात्रै थियो । नयाँ पत्रिका दैनिकबाट

कान्ति बाल अस्पताल उपकरण अभाव

विशेष