News

उदयपुरमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

उदयपुरमा ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

उदयपुर । ट्याक्टर दुर्घटना हुँदा  उदयपुरमा तीन जनाको मृत्यु भएको छ ।

 

जिल्लाको बेलका नगरपालिका वडा नम्बर ८ बाट नजिकैको पिकनिक स्थलबाट बनभोज खाएर फर्कदै गरेको ट्याक्टर रंगमहलको उकालोमा दुर्घटना भएको हो ।

 

स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते ३ जनाको उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा मृत्यु भएको हो ।

 

दुर्घटनामा परेकाहरूलार्इ स्थानीयले उद्धार गरी घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगेका छन् ।

 

दुर्घटनामा गम्भीर घाइते भएका ५ जनासहित ३० जनालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुर्याइएको छ ।

ट्याक्टर दुर्घटना उदयपुर

विशेष