News प्रदेश ७

प्रहरीकै गाडीमाथि जाँच !

प्रहरीकै गाडीमाथि जाँच !

धनगढी । गत अप्रिलमा कैलालीको धनगढीमा फुटबल खेल्न आएका आइभोरीकोस्टका एरोना नामका व्यक्तिलाई आफ्नो देशको प्रवेशाज्ञा नभएको आरोपमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले गौरीफन्टाबाट पक्राउ गर्‍यो ।

 

 

एसएसबीले सीसीटीभी फुटेज केलाउँदा ती व्यक्तिलाई नेपाल प्रहरीकै एक नायब निरीक्षकले मोटरसाइकलमा धनगढी सीमा पार गराएको दाबी गर्दै आएको छ ।

 

 

धनगढीस्थित एक प्रहरी अधिकारीका अनुसार एसएसबीका अधिकृतले दुईपक्षीय बैठकमै यो कुरा उठाएका थिए तर नेपाली अधिकारीले भने त्यस घटनाबारे अनभिज्ञता जनाएका थिए ।

 

 

उक्त घटनापछि एसएसबीले केही महिना नेपाल प्रहरीका गाडीसमेत चेकजाँच गरेर मात्रै आवतजावत गर्न दिने नियम बनाएको थियो । कान्तिपुर दैनिकबाट

धनगढी जाँच

विशेष