News प्रदेश २

सिरहामा किशोरी र युवतीमाथि सामूहिक बलात्कार

सिरहामा किशोरी र युवतीमाथि सामूहिक बलात्कार

लहान । सिरहाको लहानमा जन्मदिनको पार्टीको बहानामा बोलाइएका १५ वर्षीया किशोरी र २० वर्षीया युवती सामूहिक माथि सामूहिक बलात्कार भएको छ । 

 

इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्मदिनको पार्टीको बहानामा घरबाट ल्याएर लहानको भोटिया टोलमा किशोरी र युवतीमाथि सामूहिक बलात्कार भएको थियो ।

 

सिरहाको सिसवनीकी युवती र लक्ष्मीपुर पतारीकी बालिकालाई भोटिया टोलमा ल्याएर सात जना युवकको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

पीडित बालिका र युवतीको बयान अनुसार लहान ११ का हरि चौधरीले ‘मेरो बर्थडे परेकाले घरमा जाऔं’ भन्दै मोटरसाइकलमा लगेको प्रहरीले जनाएको छ । हरि चौधरीकै घरमा सात जना युवा मिलेर सामूहिक बलात्कार गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

सामूहिक बलात्कार सिरहा

विशेष