News

कोटा निर्धारणमा निष्पक्षको माग गर्दै विद्यार्थीको प्रदर्शन

कोटा निर्धारणमा निष्पक्षको माग गर्दै विद्यार्थीको प्रदर्शन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थानले चिकित्साशास्त्र अध्ययनका लागि कोटा निर्धारणमा आर्थिक चलखेल गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

 

महाराजगन्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयमा आइतबार बिहान भेला भएका उनीहरुले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण निष्पक्ष ढंगले गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । 

 

आर्थिक चलखेल गरेर चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण हुन थालेपछि त्यसको विरोधमा डिन कार्यालय अगाडि नै प्रदर्शन गर्नु परेको विद्यार्थी कामना केसीले बताइन् । उनले मेरिटको आधारमा कोटा निर्धारण नगरेर आफूहरुमाथि डिन कार्यालयले अन्याय गरेको आरोप उनको छ । 

 

विद्यार्थीहरुले चिकित्सा शास्त्र अध्ययन संस्थानको प्रशासनलाई कोटा निर्धारणमा धाँधली नगर्न पनि सचेत गराएका थिए । तर डीन कार्यालयले आफूहरुको मागलाई बेवास्ता गरेको विद्यार्थीहरुको गुनासो छ ।

 

मेरिटको आधारमा चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण नगरेकोमा विद्यार्थीहरुको आपत्ति छ । उनीहरुले ५२ प्रतिशत नम्बर ल्याउने विद्यार्थीलाई कसरी चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गरिएको भनि डीन कार्यालयलाई प्रश्न पनि गरेका छन् । मेरिट विपरित कोटा निर्धारण गरिएकोमा आफूहरुको आपत्ति रहेको विद्यार्थी कुशकुमार चौधरीले बताए । 

 

चिकित्सा शास्त्र अध्ययन संस्थानले मेरिटको आधारमा चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्नुपर्नेमा आर्थिक चलखेलको आधारमा कोटा निर्धारण गरेको भन्दै विद्यार्थीहरुले आइतबारबाट विरोध प्रदर्शन सुरु गरेका हुन् ।

 

चिकित्सा शास्त्र अध्ययन संस्थानले चिकित्सा शास्त्र अध्ययनका लागि कोटा निर्धारण गर्दा आफूखुसी गर्ने गरेको गुनासो हरेक वर्ष हुने गरेको छ ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थीको प्रदर्शन

विशेष