News

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं । पश्चिम नेपालका दार्चुला र बैतडी जिल्लामा आइतवार भूकम्पको धक्का महसुस भएको छ । 

 

भूकम्प मापन केन्द्रका अनुसार दार्चुला सदरमुकामभन्दा १६ किलोमिटर उत्तरतर्फ भारतीय भूमि केन्द्रबिन्दू बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको हो । 

 

खेला भन्ने ठाउँमा गएको भूकम्पको झट्का दार्चुला र बैतडीका केही ठाउँमा महसुस भएको थियो । आइतवार मध्यह्न १२ बजेर ५२ मिनेटमा गएको भूकम्पले कुनै भौतिक क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । 

 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नेत्रमणि गिरीले भूकम्पको सामान्य धक्का महसुस भएको सूचना आएपछि क्षतिको कुनै जानकारी प्राप्त नभएको बताए । 
 

दार्चुला सदरमुकाम १६ किलोमिटर उत्तरतर्फ ५.१ रेक्टर

विशेष