News राजनीति

नेकपाको तल्लो तहमा अझै दुई पार्टी

नेकपाको तल्लो तहमा अझै दुई पार्टी

काठमाडौं । पार्टी एकताको पाँच महिना बितिसक्दा पनि नेकपाको तल्लो तहसम्म एकीकृत संरचना तयार हुन सकेको छैन ।

 

 

केन्द्रीय सचिवालयबाहेक पार्टीका कुनै सांगठनिक संरचना सक्रिय छैनन् । तल्लो तहमा तात्कालिक एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कमिटी कायमै छन्।

 

 

यी दुईबीच गत जेठमा एकता घोषणा भएको थियो। केन्द्रमा स्थायी कमिटी र केन्द्रीय कमिटी बनेका छन्। तिनको बैठक नै बस्न छाडेको छ। यी दुवै कमिटी पार्टीको मुख्य राजनीतिक निर्णय र छलफल गर्ने थलो हुन्।

 

 

पाँच महिनामा स्थायीका दुई र केन्द्रीय कमिटीको एउटा बैठक बसेका छन्, औपचारिकताका लागि मात्र। स्थायी कमिटी बैठक पटकपटक बोलाउँदै स्थगन गरिएको छ। कान्तिपुर दैनिकबाट  

नेकपा

विशेष