अब कामदार भिषामा जापान जान पाइने
काठमाडौं । नेपाली कामदारको लागि अब जापानमा पनि रोजगारीको बाटो खुलेको छ । जापानको ‘वल्ड एज केयर होम’ वुडल्यान्ड कम्पनीले केयर सेन्टरका लागि नेपािली कामदार लाने भएको हो ।
खाडीमा वैदेशिक रोजगारका लागि जाने युवालाई यो राम्रो विकल्प भएको वुडल्यान्डको नेपाल शााखाका व्यवस्थापक लाक्पा शेर्पा बताउँछन् । जापानी भाषाको एन थ्री तह पास गर्नेहरूले श्रम स्विकृती र हवाई खर्च मात्र बेहोेरेर जापान जान पाउनेछन् ।
वुडल्यान्ड जापानिज स्कुलले केही महिनायता जापानिज प्रशिक्षकद्वारा जापानी भाषा तथा केयर गिभरको ट्रेनिङ समेत दिँदै आएको छ । नोभेम्बर १६ र १७ मा वुडल्यान्डका आधिकारिक व्यक्तिहरूले कामदार भिषाका लागि आवश्यक प्रक्रिया र केयर सेन्टरमा हुने कामहरूबारे जानकारी मुलक कक्षा सञ्चालन गर्नेछन् ।
इच्छुकले वुडल्यान्डको कार्यालय सम्पर्क नंवर ०१४६७१७५८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।