श्रीमतीको जन्मदिन बिर्से जेल, अच्चमका कानुन भएका १० वटा देश
एजेन्सी । सबै देशको आ–आफ्नो कानुन हुन्छ । सबै देशको कानुनको अस्तित्वले उतिकै महत्व बोकेको हुन्छ । संसारमा १० वटा यस्ता देश छन् जहाँ अच्चमका कानुनहरू छन् । जुन हामीलाई सुन्दा मात्र पनि साह्रै अनौठो लाग्छ । कुन कुन देशमा के–कस्ता कानुन छन् जानीराखौं –
१. च्विङगम चबाए सजाए हुने
सन् १९९२ देखि सिङ्गापुरमा च्विङगम चबाउनु गैरकानुनी रहेको छ । त्यस देशमा डेन्टल र निकोटीन गमको मात्र स्विकृति दिइएको छ तर त्यो पनि यदी कुनै स्पेसलिस्टले रिकमेन्ड गरेको छ भने मात्र । सिङ्गापुरमा कतैबाट पनि च्विङगम ल्याउन र अफर गर्न पुरै प्रतिबन्धित लगाएको छ । र यदी कसैले कतैबाट च्विङगम ल्याएर चबाएर कतै थुकेमा ७ सय डलर जरिवाना लाग्ने नियम रहेको छ ।
२. बल्ब लाइट आफै बद्लिन नपाउने
असट्रेलियाको भिक्टोरियामा लाइट बल्ब बिग्रिएमा आफैले बल्ब फेर्न गैरकानुनी हो । जुन व्यक्तिले सर्किट रिप्यरीङ गर्छ त्यो व्यक्तिलाई मात्र लाइट बल्ब बिग्रिएमा फेर्ने अनुमती छ । यस्तो कानुन किन ल्याइएको भन्दा त्यहाँका आम जनतालाई गल्तीले पनि बिजुलीको झट्काको सिकार हुनु नहोस् भनेर । र, यदी आफैले बल्ब फेर्न वा बद्लिन जमर्को गर्यो भने पनि असट्रेलियन १० डलर जरीवाना तिर्नु पर्ने कानुन रहेको छ ।
३. केचप प्रतिबन्धित
फान्र्समा केचप प्रतिबन्धित छ । खासमा के कुरा हो भने फान्र्सका प्राथमीक विद्यालयहरूमा केचप खानबाट प्रतिबन्धित लगाइएको हो । प्राथमीक विद्यालयहरू केचपमा ब्याण्ड लगाउनु पछाडिको मुख्य कारण यस्तो रहेको छ । प्राथमीक तहमा पढ्ने फ्रेन्स बच्चाहरूले केचप खानु भन्दा पनि अनावश्यक फल्दै केचप बर्बाद गर्दै थिए । जसले गर्दा त्यहाँको पारम्परिक पकवान विग्रिदै थियो । त्यसै कारण फान्र्स सरकारले प्राथमीक विद्यालयमा रहेका क्याफेटेरियाहरूमा केचप खानमा प्रतिबन्धित लगाइएको हो । तर, जब जब फ्रेन्चप्राइ पकाइन्छ तब मात्र ती बच्चाहरूलाई केचप खान पाइन्छ ।
४. राती १० बजे पछाडी फ्लस गर्न नपाउने
स्विजरल्याण्डमा रातको १० बजे पछाडी ट्वाइलेट फ्लस गर्न गैर कानुनी मानिन्छ । सुन्नमा पनि अच्चम लाग्दोे कानुन छ यो । तर, रातीको १० बजे पछाडी स्विजरल्याण्डमा फ्लस गर्न टेक्निक्लली गैरकानुनी मानिन्छ । किनभने स्विजरल्याण्डमा यसलाई ध्वनी प्रदुषण मानिन्छ । किनभने राती फ्लस गर्दा ठूलो आवाज आउछ र छेउछाउका व्यक्तिहरूलाई ध्वनी प्रदुषणले गर्दा डिसटर्ब हुन्छ ।
५. जापानमा मोटो हुन नपाइ
जापानमा मोटो हुन मनाहि छ । जापान यस्तो देश हो जहाँबाट प्राचिन सुमो रेस्लिङ आएको थियो । तर जापानमा कस्तो नियम छ भने त्यस देशका नागरिक मोटो हुन पाउदैनन् । जापानको ‘मेटाबु ल’का अनुसार ४० वर्ष नघेका पुरुषहरूका कमरको साइज ३३ दशमलब ५ इन्च भन्दा बढी हुनु पाइन्दैन । र त्यसैगरी महिलाहरूको ३५ दशमलब ४ इन्च भन्दा बढी हुनु भएन । यो कानुन सन् २००८ अप्रिल देखि लागु भएको हो । जापानमा कमरको नापलाई हिसाब गरी जोडियो जसको अनुसार ४० देखि ७५ वर्षका सबै वयक्तिहरूले स्थानिय सरकार र इमप्लोइसँग वार्षिक जाँच गराउन अनिवार्य छ ।
६. बच्चाको नामाकरण
डेनमार्कमा बच्चाको नाम राख्न औपचारीक कानुन रहेको छ । यो कानुन किन ल्याइयो भने बच्चाहरूलाई मन नपर्ने, नराम्रा तथा लाजलाग्दो नाम नराखियोस् भनेर । डेनमार्कमा बच्चहरूको नाम राख्न सरकारले ७ हजार जती नामहरू स्विकृत गरेको छ । ती ७ हजार भित्रका नामहरू मात्र राख्न पाइने कानुन बनाइएको छ । यद्यपि ७ हजार भन्दा अर्को कुनै फरक नाम राख्न खोजिएमा सरकारसँग अनुमती लिनु पर्ने हुन्छ ।
७. बाइबल राख्न गैरकानुनी
हुन त यसो पनि दक्षिण कोरीयामा थुप्रै कुराहरूमा कानुनले प्रतिबन्ध लगाएको एउटा अच्चमको देश भनेर चिनिन्छ । दक्षिण कोरीयाका नागरिकहरूलाई त्यहाँका साशक केन्जोवनलाई मात्र मान्ने तथा माया गर्ने अनुमती छ । ८० भन्दा बढी दक्षिण कोरीयालीहरूलाई त्यहाँका सरकारले मृत्युको सजाय दियो किनभने उनीहरूसँग बाइबल थियो । त्यहाँका सरकारले बाइबल राख्नेलाई टर्चर गर्नुसँगसँगै मृत्युको सजाय पनि दिने गरेको छ ।
८. फोहर कार चलाउँन मनाहि
रसीयाको मोस्काउमा फोहर कार चलाउँन गैरकानुनी मानिन्छ । यदी तपाई रसीयामा हुनुहुन्छ र कार सफा नगरी कार चलाउँनु भयोभने त्यहाँको प्रहरीले समाएर जरीवाना तिर्न लगाउछ । कतिसम्म कार फोहर चलाउँन नपाउने हो त्यसको परिभाषा तय गरिएको छैन । तर फोहर कार चलाउँदा समातियो भने त्यहाँको पैसा ५०० रबल तिर्नुपर्ने हुन्छ ।
९. डिभोर्स लिन गैरकानुनी
फिलिपिन्स र भ्याटिकनमा डिभोर्स लिन पाइन्दैन । यो दुई देशमा तलाक लिनु वा दिनु गैरकानुनी हो । सामान्यता कनै पनि देशमा यदि श्रीमान श्रीमती सँगै बस्न नचाहे तलाक वा डिभोर्स लिएर छुट्टेर बस्ने गरेको पाइन्छ । तर यी दुई देशमा चाहेर पनि डिभोर्स लिएर छुट्टै बस्न पाइन्दैन । केहि हदसम्म परिस्थिति अनुरुप फिलिपिन्समा मुस्लिमहरूलाई मात्र तलाक लिने दिने सरकारले कानुनमा दिएको छ । तर अरुलाई त्यहाँको सरकारले छुट्टेर बस्न दिएको छैन् ।
१०. श्रीमतीको जन्मदिन बिर्से जेल
समोअ एउटा सानो आइल्याण्ड भएको देश हो । हेर्नेहरूलाई यो देश एउटा स्वर्ग भन्दा कम लाग्दैन । तर यो देशमा अच्चम लाग्दो कानुन रहेको छ । यो देशमा कुनै पनि श्रीमानले यदि आफ्नो श्रीमतीको जन्मदिन बिर्से जेल नै जानु पर्ने कानुन छ । त्यहाँ घुम्न जाने पर्यटकहरूलाई छुट रहेको छ । तर त्यसै देशमा बसोबास गर्ने नागरिकहरूले श्रीमतीको जन्मदिन बिर्सिए गैरकानुन मानिन्छ ।