News

तातोपानी कुण्डमा नहाउँदै ‘प्रचण्ड’ परिवार

तातोपानी कुण्डमा नहाउँदै ‘प्रचण्ड’ परिवार

म्याग्दी । बेनी नगरपालिका–४ स्थित प्राकृतिक तातोपानी कुण्डमा सोमबार नेकपा अध्यक्ष ‘प्रचण्ड' र उनका परिवार पनि तातोपानी कुण्डमा गएका थिए । त्यहाँ अध्यक्ष प्रचण्ड, उनकी श्रीमती सीता दाहाल, छोरी गएका थिए । साथै, प्रचण्डसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सहभागि थिए ।

 

जिल्लाका विभिन्न प्राकृतिक तातोपानीका पोखरीहरुमा डुबेर नुहाएका सन्चो हुने मान्यता रहेको छ । त्यसैले त्यस कुण्डमा डुबेर नुहाउन तथा उपचार गर्ने बिरामीहरुको भीड लाग्ने गरेको छ । तातोपानी कुण्डमा देशका विभिन्न क्षेत्रबाट हाडजोर्नी दुखेको, ग्याष्ट्रिक र छालाका रोगीहरु प्रकृतिक उपचारका लागि आउने गर्दछन् ।

 

जिल्लाको नारच्याङ्बेसी, भुरुङ्ग–तातोपानी, रातोपानी, महभीर, दग्नाम, सिङ्गा र मुदी बगरको प्रकृतिक तातोपानीमा बिरामीको ओइरो लाग्ने गरेको छ । 

तातोपानी कुण्ड नेकपा अध्यक्ष ‘प्रचण्ड'

विशेष