भारतका लागि नेपाली राजदूतमा आचार्यको नाम सिफारिस
काठमाडौं । मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा संविधानविद् निलाम्बर आचार्यको नाम सिफारिस गरेको छ ।
उनी प्रबुद्ध समूहका एक सदस्यसमेत थिए । सरकारले यसअघि निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको थियो ।
आइतबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीको नाम हटाएर आचार्यको नाम सिफारिस गरेको हो ।
यस अघि भारतका लागि नेपाली राजदूत रहेका दीपकुमार उपाध्याय थिए । उनले गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्न राजीनामा दिएपछि राजदूत पद रिक्त थियो ।
त्यस्तै सरकारले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बैठकले कर्मचारी समायोजन ऐनको अध्यादेश बारे छलफल गरे पनि निर्णय निकाल्न भने सकेन । नयाँ पत्रिकाबाट
मन्त्रिपरिषद् बैठक निलाम्बर आचार्य