News प्रदेश २

कस्तो कुखुरा फार्म ? जहाँ लोकगीत सुनाइन्छ !

कस्तो कुखुरा फार्म ? जहाँ लोकगीत सुनाइन्छ !

रौतहट । कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोगीत । चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । 

 

 

कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्डाइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाईन्छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होईन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् । 

 

 

फार्म आसपास कुनै गाडी वा ठुलो आवाजसहित मानिस दौडिँदा पनि कुखुरा तर्सिने र एकअर्कामा च्यापिएर मन सक्ने भएकाले लोकगीतको तालमा झुम्ने बानी पारेको सञ्चालक फिरोज श्रेष्ठले बताए । संगीतको तालमा ध्यानमग्न भएपछि कुखुराले अण्डा धेरै पार्ने उनको दाबी छ । कान्तिपुर दैनिकबाट  

रौतहट कुखुरा फार्म लोकगीत

विशेष