News

दुई लाखसहित ५ ठूला उद्योगी पक्राउ

दुई लाखसहित ५ ठूला उद्योगी पक्राउ

मोरङ । जिल्लाको बूढीगंगा गाउँपालिका–१ स्थित गंगा चौकबाट प्रहरीले ठूलो रकमसहित ५ जना उद्योगी जुवाडेलाई आइतबार पक्राउ गरेको छ ।

 

 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित उद्योगी पक्राउ परेका हुन् ।

 

 

यसरी पक्राउ पर्नेमा गोदाम घरधनी चम्पालाल राठीसहित विराटनगर–५ बस्ने ५० वर्षीय जीवन रिजाल, विराटनगर–३ बस्ने ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ बस्ने ५१ वर्षीय बिमल अग्रवाल र ३८ वर्षीय हंशराज जैन रहेका छन् ।

 

 

जुवाको खालबाट प्रहरीले १ लाख ९० हजार १ सय ४० रुपैयाँ र १७ बुक तास बरामद गरेको छ । पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । नयाँ पत्रिकाबाट

मोरङ उद्योगी पक्राउ

विशेष